क्रिकेट

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

By खबरहब

October 13, 2024

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा इङल्याण्डले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको ११० रनको लक्ष्य पछाएको इङल्याण्डले १० ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

यो जितपछि समुह बी मा इङल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ र ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै स्कटल्याण्डले भने लगातार चौथो हार बेहोर्दै सेमिफाइनलको दौडबाट बाहिरिएको छ । समुह बी बाट बंगलादेशपनि ४ खेलमा २ अंक हासिल गर्दै चौथो स्थानमा रहेर सेमीफाइनलको दौडबाट बाहिरिएको छ ।

अब इङल्याण्डले समुह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजसँग मंगलबार खेल्ने तालिका रहेको छ ।