सभापतिको इच्छा विपरीत कांग्रेसमा पात हल्लिँदैन | Khabarhub Khabarhub

सभापतिको इच्छा विपरीत कांग्रेसमा पात हल्लिँदैन

पैतालामा रोग, तालुमा औषधी


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिङ्गो राजनीतिको प्राधिकार बोकेको पार्टी जसले ०७ सालको जनक्रान्तिको नेतृत्व, राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थासँग एक्लै लड्ने सामर्थ्य, ०४६ सालमा आफ्नै नेतृत्वमा प्रजातन्त्र पुनर्स्थापना गरायो । आज त्यो पार्टी शान्ति प्रक्रिया संविधान निर्माणको चरण हुँदै यहाँसम्म आइपुग्दा बहुमत नभए पनि संसदमा सबैभन्दा ठूलो पार्टी हो । यद्यपि कहिले कुन पार्टी, कहिले कुन पार्टीलाई नेता मानेर हिँड्नु परेको छ ।

समय सन्दर्भसँगै कहिले माओवादी त कहिले अर्को भाइ एमालेलाई नेता मानेर हिँड्नुपर्ने अवस्था कांग्रेसजनको छ । सरकारमा उपस्थिति भएर धेरै मन्त्रालयको जिम्मेवारी लिए पनि आम जनमा काँग्रेसमा इतिहासको गौरवशाली त्यो ओज देखिँदैन । कता कता आम जनतामा निराशा छाएको छ । कांग्रेसमा मात्र हैन, मूलधारका पार्टीप्रति नै जनतामा निराशा छाएको छ । जहाँ जाँदा पनि नेताहरुले जनताबाट निराशा सुन्नुपर्ने अवस्था छ । आम जनतामा रहेको निराशा चिर्नुपर्ने दायित्व बोकेको दल कांग्रेस नै हो । तर यतिबेला कांग्रेसमा न नीति राम्रो रह्यो, न त नेतृत्व ।

हामीले शान्ति प्रक्रिया संविधान निर्माणको चरण हुँदै आउँदा आफ्ना मौलिक चिन्तन, सिद्धान्त, व्यवहार, आदर्श सबैबाट केवल सत्ता केन्द्रित मात्रै भयौं । बीपी कोइरालाले जुन दिन हामी सिद्धान्त र आदर्श छोडेर केवल सत्ता केन्द्रित हुन्छौँ, त्यो दिन नेपाली कांग्रेस पार्टीको औचित्य सकिन्छ भनेर भन्नु भएको थियो । अहिले आम जनतामा आफ्नो औचित्य स्थापित गर्न नसक्दा कांग्रेसप्रति यो निराशा छाएको हो ।

महाधिवेशन भएको ३ वर्ष भयो । पार्टीको विधानअनुसार एक वर्ष भित्रमा महाधिवेशन भइसक्नुपर्ने हो । त्यसतर्फ पार्टी परिलक्षित भएको देखिँदैन । महाधिवेशन भएको ३ वर्षपछि बल्ल पार्टीका विभागहरू गठन भइरहेका छन् । अब बाँकी एक वर्षका लागि ती विभागको औचित्य कति होला ? भातृ संस्थाहरू स्वतः स्वचालित ढंगमा आवधिक महाधिवेशन हुनुपर्नेमा केही बाहेकका भातृ संस्थाहरू तटस्थ जस्ता देखिन्छन्।

नेपाली कांग्रेसभित्र जतिसुकै निर्वाचनबाट बहुमत ल्याएर आए पनि पार्टीको प्रथम अतिथि भनेको भनेको सभापति नै हो । सभापतिको इच्छाशक्तिमा पार्टी चल्ने हो । सभापतिले केन्द्रीय समितिको बैठक बोलाउँछु भन्दा बैठक बोलाइन्छ । उनको इच्छा विपरीत केन्द्रीय समितिको बैठक पनि चल्दैन ।

यो सबै नेतृत्वको निकम्मापन हो । नेपाली कांग्रेसभित्र जतिसुकै निर्वाचनबाट बहुमत ल्याएर आए पनि पार्टीको प्रथम अतिथि भनेको भनेको सभापति नै हो । सभापतिको इच्छाशक्तिमा पार्टी चल्ने हो । सभापतिले केन्द्रीय समितिको बैठक बोलाउँछु भन्दा बैठक बोलाइन्छ । उनको इच्छा विपरीत केन्द्रीय समितिको बैठक पनि चल्दैन ।

यस अर्थमा कांग्रेसभित्र सभापतिको इच्छामा विपरीत पात पनि हल्लिँदैन । पहिलो प्रथम जिम्मेवारी त सभापति नै हो । त्यसैले यो अन्तिम कार्यकाललाई कमसेकम सबै स्वार्थ छोडेर सबैको सभापति सबैले श्रद्धा गर्ने मेची महाकालीका जनताले पनि यो पो हो त कांग्रेसको नेतृत्व भनेर भन्न पाऊन । कांग्रेसको नेतृत्वको कर्म वाणीबाट गदगद हुन पाउन् । त्यो अवस्था नरहँदा कांग्रेसको दुर्दशा र कांग्रेसको दुर्दशा भन्ने बित्तिकै सम्पूर्ण देशकै दुर्दशा भइगयो । यसको जिम्मेवार नेपाली कांग्रेस नै हो ।

कमसेकम तीन वर्षको बीचमा जुन ढङ्गको क्रियाशीलता र आम कांग्रेसी जनमा प्रजातन्त्रवादी उत्साह, युवाहरूको पार्टी, अर्को नेतृत्व नआएसम्म त्यो नेतृत्व युवा नै रहने कांग्रेसमा जति नै कुरा गरे पनि पार्टीमा सभापतिकै दबदबा हो । सामूहिक लिडरसीप भन्ने हुँदैन । मूल इन्जिन नै नचलेपछि अरु पार्टपुर्जाले के काम गर्छ र ? गफ गरेर मात्रै हुँदैन ।

कांग्रेसका संगठनहरु चलेनन्, भातृ संस्थाहरू चलेनन, समयमा जिल्ला कार्यसमितिका बैठकहरू बसेनन, प्रदेश समिति, गाउँ नगर समितिका बैठकहरू बस्दैनन भने बसाउनका लागि पनि नियमित रूपमा गर्नुपर्ने पार्टी कार्यक्रमहरू गर्न केन्द्रीय समितिले प्रतिनिधि खटाउनुपर्ने अवस्था छ । र अहिले १०० दिने कार्यक्रम भनेर पुस १६ गतेसम्म सक्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटेका छन् । अलिअलि बाध्यताले बैठकहरू बसेका छन् । तर कांग्रेसको मूल समस्या के हो त ? पैतालामा घाउ छ, तालुमा औषधी लगाएर त औषधी लाग्दैन । त्यसैले रोग पत्ता लगाइ जे गरे पनि उचित हुँदैन ।

आज कांग्रेसमा जीवन छैन, कार्यकर्तामा उत्साह छैन । त्यसको कारण भनेको केवल सत्तासँग नजिक भएका सत्तामा रमाउनेहरू अवसर पाउनेहरूलाई त सत्ताको राप र तापले केही मजा भएको होला । तर मूल समस्या के हो त भने निराशा किन छायो ? यो पत्ता नलगाई जे कार्यक्रम गरे पनि केही काम नलाग्ने रहेछ ।

कांग्रेस साँच्चै सकिहाल्ने, प्रजापरिषद् भइहाल्ने अवस्थामा त पुग्दैन । अबको १६ महिनापछि प्रधानमन्त्री बन्नु छ । त्यसका लागि बाध्यताले ओलीलाई मान्नु परेको छ । सरकारले सबै राम्रो काम गरिरहेको छ भन्ने बाध्यता छ । विगतमा पनि प्रचण्डलाई रिझाउने नाममा जे पनि हुने नहुने गर्‍यौं ।

अहिले दुई ठूला दल मिलेर शक्तिशाली पार्टी मिलेर सरकार बनेको छ । सरकारले चाहेको निर्णय गर्न सक्छ । तर यो ४ महिनाको बीचमा पनि यो सरकार गठन गर्नुको औचित्य र गठन गर्दाको ७ बुँदे सहमतिलाई पनि कार्यान्वयन गर्ने तर्फ केही देखिँदैन ।

अहिले दुई ठूला दल मिलेर शक्तिशाली पार्टी मिलेर सरकार बनेको छ । सरकारले चाहेको निर्णय गर्न सक्छ । तर यो ४ महिनाको बीचमा पनि यो सरकार गठन गर्नुको औचित्य र गठन गर्दाको ७ बुँदे सहमतिलाई पनि कार्यान्वयन गर्ने तर्फ केही देखिँदैन ।

सत्तारुढ दलका बीचमा पनि न्यूनतम साझा कार्यक्रम बनाउने तर्फ पनि अहिलेसम्म केही छलफल भएको देखिँदैन । के ले रोकेको हो ? त्यतिको मान्छे छ काम गर्दा त हुन्छ नि । यो ४ महिनाको बीचमा केही गर्छ कि भन्ने थियो तर दुई ठूला पार्टी मिलेर बनेको सरकारले निराशा मात्रै दियो ।

७ बुँदे कार्यान्वयन भएन भनेर अलिकति आलोचनात्मक टिप्पणी शेखर कोइरालाबाट आएको देखिन्छ । महाधिवेशनमा ४१ प्रतिशत भोट ल्याएको छ । त्यसले मात्रै सभापति जितिँदैन भन्ने उहाँलाई लागेर उहाँहरू चुप बस्नु भएको होला । सबै तर्फ अलमल नै छ कांग्रेसमा ।

साना नेताले बोल्दा कति प्रभाव पर्ने आफ्नो ठाउँमा होला । ठूला नेताले बोल्दा ठूलै प्रभाव पर्ला । तर सिङ्गो पार्टी बोल्नु प-यो । कांग्रेस केन्द्रीय समितिमा छलफल हुनु पर्‍यो । हिजो पार्टीको केन्द्रीय सदस्य वा पदाधिकारीमाथि आरोप लाग्दा पार्टीलाई जोगाउनका लागि भए पनि कारबाहीका लागि अग्रसर हुनुपर्थ्यो।

भर्खरै प्रदेशमन्त्रीलाई गिरफ्तारी गरियो । त्यसले त सिङ्गो एमालेलाई एमालेले कारबाहीमा आफ्नो मन्त्रीलाई ल्यायो, जोगाउने काम गरेन भन्ने सन्देश बाहिर दियो नि । प्रधानमन्त्री आफ्नो हुँदा चाहेको भए त पक्राउ नगर्न पनि सक्थ्यो । तर एमालेले त्यसो गरेन । आफ्नो पार्टीको छविलाई राखेर विवादमा आइसकेको कारणले मन्त्रीलाई कारबाही गर्न अनुमति दियो ।

कांग्रेसले आफूलाई करेक्सन गर्नुपर्‍यो । त्यो करेक्सन नेतृत्वको आचरण व्यवहारमा पनि हुनुपर्‍यो र सिद्धान्त नीतिमा पनि हुनुपर्‍यो । यद्यपि आशावादी हुने ठाउँ देखिँदैन ।

कांग्रेसले त विगतमा पनि थाहा भएकै हो, अहिले त महान्यायाधिवक्ताले कहिल्यै अब मुद्दा नचलाउने भनेर भनिसक्यो भनेर समाचारमा आएको छ । सहकारी विवादमा मुछिएकालाई पनि कमसेकम त्यसबाट मुक्ति नभएसम्म केन्द्रीय समितिले निलम्बन गर्न सक्थ्यो । पहिला पनि बालकृष्ण खाणलाई पनि निलम्बन गरेन । उहाँ त्यसबाट मुक्त हुनु हुन्छ भने त भोलि त्यसबाट सफाइ पाएर आइसकेपछि फेरि केन्द्रीय समितिमा आएर काम गर्न मिल्थ्यो । यी सबै नगर्दा त जनतामा पार्टीको छवि बिग्रिन्छ । अन्ततः जनताले मतदान गर्दैनन् ।

जनताले किन मत घटाए भनेर कांग्रेसले मनन नै गरेको छैन । त्यसैले जनताले दण्डित गरिरहन्छन् । त्यसैले कांग्रेसले आफूलाई करेक्सन गर्नुपर्‍यो । त्यो करेक्सन नेतृत्वको आचरण व्यवहारमा पनि हुनुपर्‍यो र सिद्धान्त नीतिमा पनि हुनुपर्‍यो । यद्यपि आशावादी हुने ठाउँ देखिँदैन । (नेपाली कांग्रेसका नेता लोकेश ढकालले राखेको धारणाको सम्पादित अंश )

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ९ : ०१ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ । नेपाल

आठ करोडको लागतमा बन्यो त्रिशूलीमा नयाँ पुल

त्रिशूली– विसं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’

हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु

काठमाडौं–  हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलले ठूलो क्षति बेहोर्नुपरेको थियो । युद्धको

प्रि–ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो 

काठमाडौं– बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०७ अंकले

‘शेरबहादुरभन्दा गगनले बुझेको उन्नत लोकतन्त्र हो’

नेपालमा पटक पटक ठूला महत्त्वपूर्ण लोकतान्त्रिक आन्दोलनहरू भए । ०७