महिला विश्वकप छनोट : आज युएईसँग भिड्दै नेपाल « Khabarhub

महिला विश्वकप छनोट : आज युएईसँग भिड्दै नेपाल


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जित र एक हारको सामना गरेको छ। विश्वकप एसिया छनोटका लागि नेपालले आजको खेलमा यूएइविरुद्ध प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो। तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि १०६ रनको जित निकालेको थियो। पाँचौ खेलमा मंगलबार नेपालले कुवेतविरुद्ध १६५ रनको प्रभावशाली जित निकालेको छ।

पाँच खेल खेल्दा एक हार र चार जितसहित नेपालले ८ अंक जोडेको छ। युएईले भने पाँच खेलमा सबै जित निकाल्दै १० अंक जोडेको छ। थाइल्याण्डले दुई अंक जोडेको छ भने कुवेत अंकबिहीन छ। रनरेटको आधारमासमेत अपराजित युएई अगाडि भएकाले नेपालले आजको प्रतिस्पर्धामा प्रभावशाली जित निकाल्नुपर्नेछ।

नेपालले बुधबार दिउँसो १ः३० बजे युएईको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। यो प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ। यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा हुँदैछ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : ३८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५