दुर्घटनामा परेका फुटबलर एंगुलोको निधन « Khabarhub

दुर्घटनामा परेका फुटबलर एंगुलोको निधन


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

इक्वेडर – इक्वेडरका अन्तर्राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको छ। कार दुर्घटनामा परेका उनको अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको थियो। उनी ७ अक्टोबरको दिन दुर्घटनामा परेका थिए।

इक्वेडर फुटबल महासङ्घले शोक व्यक्त गर्दै एङ्गुलोको निधन फुटबल क्षेत्रमा अपूरणीय क्षति भएको बताएको छ। मार्को राम्रो खेलाडी मात्र नभई राम्रो मानिस समेत भएको विज्ञप्तिमा जनाइएको छ।

क्लब इन्डिपिन्डिएन्टका रक्षक रोबर्टो काबेजासको पनि सोही दुर्घटनामा मृत्यु भएको छ। अहिले मार्को आबद्ध क्लब सिनसिननाटीले विज्ञप्ति जारी गर्दै उनको निधनले क्लबलाई ठूलो क्षति पुगेको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

एङ्गुलोले यसअघि दुई पटक इक्वेडरका लागि अन्तर्राष्ट्रिय खेल खेलेका थिए। अस्ट्रेलिया र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि उनी टोलीमा समावेश थिए।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ८ : ४१ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको