लाइन काटिएका अधिकांश उद्योगमा बिजुली जोडियो « Khabarhub

लाइन काटिएका अधिकांश उद्योगमा बिजुली जोडियो


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा विद्युत लाइन जोडेको छ ।

प्राधिकरण सञ्चालक समितिको मङ्गलबार बसेको बैठकको निर्णय अनुसार अधिकांश उद्योगको लाइन गएराति नै जोडिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले खबरहबलाई जानकारी दिए । उनका अनुसार, बाँकी उद्योगका लाइन आज जोडिने छ । ‘हिजो नै बोर्ड बैठक बसेर निर्णय गरी राति नै अधिकांश उद्योगमा लाइन जोडिसकिएको छ,’ उनले भने, ‘बाँकी उद्योगमा आज नै जोड्ने तयारी छ ।’

मङ्गलबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ट्रङ्क तथा डेडिकेटेड महसुलबापतको प्रिमियम शुल्क उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।

गत आइतबार मन्त्रिपरिषद्को निर्णयअनुसार, ट्रङ्क तथा डेडिकेटेड महसुलबापतको बक्यौता टीओडी (टाइम अफ द डे) मिटरका आधारमा १५ दिनभित्र सबै बक्यौता उठाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले पनि मन्त्रिपरिषद्को निर्णय र लाल आयोगको प्रतिवेदनअनुसार महशुल उठाउने निर्णय कार्यान्वयन गर्न पत्राचार समेत गरेको थियो ।

मन्त्रालयको पत्र पाएपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले महशुल बक्यौता उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।

अब प्राधिकरणले टीओडी मिटरका आधारमा उद्योगबाट १५ दिनभित्र महशुल बक्यौता उठाउनुपर्ने छ ।

लाल आयोगको प्रतिवेदनअनुसार, लोडसेडिङका बेला र लोडसेडिङ अन्त्यपछिको छुट्टाछुट्टै महशुल निर्धारण गरेको थियो ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुलबापतको प्रिमियम शुल्क टीओडी मिटरका आधारमा उठाउन बाटो खुलाएको थियो । त्यसअनुसार, प्राधिकरणले ८ अर्ब रुपैयाँ महसुलबापतको बक्यौता असुल गर्नेछ ।

महशुलबापतको प्रिमियम शुल्कमा २५ प्रतिशत थप दस्तुर समेत उद्योगीहरूले तिर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १० : २८ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,