तीनजुरेमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै « Khabarhub

तीनजुरेमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । २८ प्रजातिका गुराँस पाइने टिएमजे अन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ ।

तीनजुरे क्षेत्रमा गुराँस फुल्ने याममा हजारौँ पर्यटक आउने गरेका छन् । यही तीनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–७ स्थित तीनजुरे रातपोखरी सामुदायिक वनमा आबद्ध समूहले २८ हजार पाँच सय गुराँसको नर्सरी हुर्काइरहेको छ । गुराँसको फूल हेर्न आउने पर्यटकलाई गुराँसको बिरुवा पनि उपलब्ध गराउने उद्देश्यले बिरुवा उत्पादन गरिएको हो ।

तीनजुरे रातपोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बेगबहादुर खड्काका अनुसार बिरुवा बेचेर आम्दानीसँगै गुराँस संरक्षणको सन्देश प्रवाह गर्न नर्सरी राखिएको हो ।

हाल सात प्रजातिका गुराँसका बिरुवा नर्सरीमा हुर्किरहेका छन् । उपभोक्ता समूहले नर्सरीबाट यस वर्ष इलामको सूर्योदय नगरपालिकामा चार सय ४० र दार्चुलामा एक सय ८६ गुराँसका बिरुवा बेचेको गरेको छ । डिभिजन वन कार्यालयसँगको साझेदारीमा यस वर्ष १७ हजार पाँच सय गुराँसका बिरुवा रातपोखरी सामुदायिक वनले हुर्काएको छ ।

गत वर्ष लालीगुराँस नगरपालिकाको सहयोगमा ११ हजार बिरुवा उत्पादन गरिएको छ । जङ्गलबाट सानासाना बिरुवा उखेलेर नर्सरीमा राख्ने गरिएको छ । दुई, तीन वर्षयताका बिरुवा नर्सरीमा छन् । वन उपभोक्ता समूहले बिरुवा खरिद गर्ने ग्राहकको खोजी पनि गरिरहेको छ ।

गुराँसका बिरुवा वैशाख अन्तिमदेखि असार मसान्तसम्ममा रोपिसक्नुपर्ने उपभोक्ता समूहका सचिव देवी पौडेलले बताइन् । जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा ९० प्रतिशत बिरुवा सरेको समन्वय उपप्रमुख श्री कार्कीले बताए ।

सो क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एक करोडको लागतमा राष्ट्रिय लालीगुराँस उद्यान निर्माण भएको छ । लालीगुराँस उद्यानमा नयाँ सहर आयोजनाले बाटो र शौचालय निर्माण गरेपछि त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ११ : १० बजे

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो

देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर