आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन कार्यकर्तालाई प्रचण्डको निर्देशन « Khabarhub

आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन कार्यकर्तालाई प्रचण्डको निर्देशन


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।

उनले भने, ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौँ, हामी बदलिन चाहन्छौँ अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोलटोल र घरघरमा पुग्नुहोस् ।’

अन्य दलभन्दा माओवादी फरक शक्ति हो र सरकारमा भएको बेला माओवादीले हरेक पटक रूपान्तरणकारी काम गरेको उहाँको दाबी छ । उहाँले पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भनेर जनताले बुझिसकेको उल्लेख गर्नुभयो । प्रचण्डले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिवद्धतासहित जनताको बीचमा जान नेता–कार्यकर्तालाई आग्रह गरे ।

कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र विद्रोहको केन्द्र भएको उल्लेख गर्दै उनले अब नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कीर्तिमान कायम गर्ने उनले विश्वास व्यक्त गरे ।

यसपटकको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रको जितको आधार बलियो बन्दै गएको पनि अध्यक्ष प्रचण्डले दाबी गरे ।

कार्यक्रममा माओवादीले आगामी उपनिर्वाचनमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवार बनाउने घोषणा गरेको छ । यस्तै वडा नम्बर १ को अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ मा इन्जिनियर नारायण बिष्टलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ११ : ५९ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ