कलंकी-सतुंगल क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने « Khabarhub

कलंकी-सतुंगल क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आजदेखि काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ । 

कात्तिक २८ गतेदेखि एक हप्तासम्म विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको लाइन आज बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । बुधबार, बिहीबार र शुक्रबार (२८, २९ र ३० गते) बलम्बु, कलंकी र थानकोट फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा विद्युत् हुनेछैन । 

त्यस्तै आइतबार सोमबार र मंगलबार (मंसिर २, ३, र ४)कलंकी क्षेत्र, आइतबार पुनः कलंकीदेखि सतुंगल र सोमबार कलंकी क्षेत्रमा चार घण्टा बिजुली नहुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १२ : ३२ बजे

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई