जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व संकलनमा असर « Khabarhub

जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व संकलनमा असर


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यहाँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व संकलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व संकलनमा कमी आएको हो ।

कृषिको जग्गालाई कृषिमा र आवासीय जग्गालाई आवासीय राख्ने गरी वर्गीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए। 

‘यसअघि कृषियोग्य र आवासीय जमिनको लिखित अभिलेख थिएन,’ उनले भने, ‘कार्यपालिका बैठकले आगामी मङ्सिरभित्र वगीकरण टुङ्ग्याउने योजना बनाएको छ ।’

 नगरपालिकामा जग्गा वर्गीकरण सम्पन्न नहुँदा किनबेच कार्य प्रभावित भएको भन्दै मालपोत कार्यालयमा राजस्व संकलनमा कमी आएको गैरेले बताए। 

दश पालिका रहेको जिल्लामा अन्य पालिकाको तुलनामा व्यासमा जग्गाको कारोबार बढी हुने गरेको मालपोत अधिकृत केशवराज सुवेदीले जानकारी दिए। 

‘धितो बन्धक र राजीनामा गरी दिनमा ३० वटासम्म काम हुने गरेको छ’, उनले भने, ‘जग्गा वर्गीकरण गरी खुला गरेको अवस्थामा दिनमा ४५ वटासम्म काम गर्न सकिनेछ ।’

कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असोजसम्म आठ करोड ७८ लाख ९६ हजार सात सय १४ राजस्व संकलन भएकामा चालु आवको सोही अवधिमा छ करोड २८ लाख ६८ हजार पाँच सय ४९ गरेको छ ।

गत आवको तुलनामा चालु आवमा दुई करोड ५० लाख २८ हजार एक सय ६५ राजस्व संकलनमा कमी आएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १२ : ३७ बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६