पहिलो दिन बोल्न भ्याएपछि घेरेर सरकारी वकिलकहाँ लगियो रविलाई | Khabarhub Khabarhub

पहिलो दिन बोल्न भ्याएपछि घेरेर सरकारी वकिलकहाँ लगियो रविलाई


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भैरहवा-सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोस्रो दिन पनि कडा सुरक्षाबीच सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको छ ।

पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक बयान लिइएको थियो । बुधबार दोस्रो दिन बयानलाई निरन्तरताका लागि बिहान १० बजे लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको हो ।

उनलाई प्रहरीले घेरा बनाएर पत्रकार र समर्थकमाझ नदेखिने गरि कडा सुरक्षासहित बयानका लागि लगिएको हो ।

सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृत नै खटिएर नेपाल र सशस्त्र प्रहरीको घेरामा बयान कक्षसम्म पुर्‍याइएको छ ।

मंगलबार बयानपछि उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । जिल्ला प्रहरी कार्यालयबाटै प्रहरीको कडा सुरक्षामा लामिछानेलाई सरकारी वकिलको परिसर लगिएको हो ।

प्रहरीको गाडीभित्र रहेका लामिछानेलाई परिसरभित्रै गाडी राखी भित्री बाटोबाट बयान कक्षसम्म लगिएको थियो । लामिछाने बाहिर नदेखियुन् भन्न लागि बयान कक्षसम्मको बाटोलाई प्रहरीको घेरा बनाइएको थियो ।

मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि माथिको आदेशमा रुपन्देही प्रहरीले घेरा हालेर लगेको हो ।

पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले हरेक जिल्लामा लामिछानेबिरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए।

‘जति जिल्लामा उजुरी दर्ता हुन्छ, त्यहीँको कागजात र प्रमाणअनुसार नै प्रक्रिया अघि बढ्ने हो, एकै प्रकृतिको कसुरमा एकै चरणमा अनुसन्धान भए पनि गाभ्न मिल्दैन,’ उनले भने ।

स्थानअनुसार प्रमाण फरक–फरक हुन सक्ने भएकाले मुद्दा गाभ्न नमिल्ने उनले बताए । अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको राठौरले जानकारी दिए।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरू लगायतको उपस्थितिमा सवा १० बाट बयान सुरु भएको छ ।

पहिलो दिन केही प्रश्न सोधिएको थियो । यसअघि त्यही कसुरमा उनका साझेदार तथा पूर्वडीआईजी छविलाल जोशीसँग पनि बयान लिएको थियो । छविसँग ५६ वटा प्रश्न गरिएको थियो ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष वयान लिने व्यवस्था अनुरुप बयान लिन यहाँ अनुसन्धान अधिकारीले उपस्थित गराएको बताए ।

‘रविविरुद्ध परेको सहकारी ठगीसम्बन्धी कसुरमा पहिलो दिन ३ घण्टा ३५ मिनेट बयान लिइएको थियो । प्रारम्भिक बयान भयो , लेखबद्ध गर्ने काम बाँकी छ, बयान गर्दै जाँदा कहिले सकिन्छ भन्न सक्ने अवस्था छैन ’, उनले भने ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमका लागि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको हो ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

रुपन्देही ल्याएसँगै रास्वपा र सहकारी पीडित दुवै पक्षले प्रदर्शनको गरिरहेका छन् । सुप्रिम सहकारी पीडितले उनलाई बयान लिने सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा वरिपरि प्रशासन निषेध गरी बयान जारी राखेकोले विरोध प्रदर्शन पनि भइरहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ३० बजे

बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौं – नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरण अध्यक्ष

बैतडीमा खोप लगाएका बालकको मृत्युपछि तनाव, सडक अवरुद्ध 

बैतडी– बैतडीमा खोप लगाएका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले

स्ववियु निर्वाचनको तीव्र तयारीमा त्रिवि

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी

२५ हजार घुस लिँदालिँदै समातिएका रोल्पा ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी

‘जलविद्युतको लाइसेन्स लिएर होल्ड गर्ने कामलाई नियन्त्रण गर्नुपर्छ’ 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि