उद्योगमा लाइन जोडेसँगै पत्रकार सम्मेलन गर्दै कुलमान   « Khabarhub

उद्योगमा लाइन जोडेसँगै पत्रकार सम्मेलन गर्दै कुलमान  


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

 सरकारले महशुल बक्यौता उठाउन निर्देशन गरेसँगै प्राधिकरणले पनि मंगलबार सञ्चालक समितिको बैठक बोलाइ लाइन काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गर्‍यो ।

ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता १५ दिनभित्र उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय प्राधिकरणको बोर्ड निर्णयबाट भइसकेको छ । त्यसअनुसार, मंगलबार रातीसम्म लाइन काटिएका अधिकांश उद्योगमा लाइन जोडिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

उनका अनुसार, बाँकी उद्योगमा आज (बुधबार) लाइन जोडिनेछ । उद्योगमा लाइन जोडेसँगै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पत्रकार सम्मेलनका आयोजना गर्दैछन् । प्राधिकरणको सभाहलमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुँदैछ ।

यसअघि लाल आयोगको प्रतिवेदनअनुसार १५ दिनभित्र सम्पूर्ण बक्यौता उठाउनुपर्ने चुनौती प्राधिकरणलाई छ । घिसिङ स्वयं पनि प्राधिकरणमा बाँकी ८ महिनाको कार्यकालमा महशुल बक्यौता उठाउन लागिपरेको बुझिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ४५ बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५