कुलमानले भने- बक्यौता नतिरे १५ दिनपछि फेरि उद्योगको लाइन काट्छौँ « Khabarhub

कुलमानले भने- बक्यौता नतिरे १५ दिनपछि फेरि उद्योगको लाइन काट्छौँ


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन उपयोग गरेकामध्ये २८ वटा उद्योगले अहिलेसम्म एक किस्ता पनि बक्यौता नतिरेको बताएका छन् ।

बुधबार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । घिसिङका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनमा परेका
३३९ उद्योगमध्ये अब बक्यौता तिर्न बाँकी उद्योगको संख्या ३९ वटा मात्रै रहेको बताएका छन् । त्यसमा पनि ७ वटा उद्योग प्रक्रिया अदालतको स्टे अर्डरमा रहेको पनि खुलाए ।

उनका अनुसार अहिलेसम्म २८ वटा उद्योगले कुनै पनि किस्ता नबुझाएको अवस्था रहेको खुलाए । ‘अहिलेसम्म २८ वटा उद्योगले एक किस्ता पनि तिरेका छैनन् । नेपाल सरकारको निर्देशनपछि यो पनि कार्यान्वयनको चरणमा छ । यदि यी २८ वटा उद्योगले १५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम दिनु भएन भने हामी प्रक्रियामा छौँ, लाइन काट्नुपर्ने अवस्था आउँछ ।’

उनले प्राधिकरणले दिएको ३ महिनाको भाका सकिए पनि नेपाल सरकारले निर्देशनअनुसार १५ दिनभित्र बक्यौता रकम असुलउपर गर्न कुरिरहेको बताए ।

‘अब प्राधिकरणको बक्यौता नेपाल सरकार र ऊर्जा मन्त्रालयको पनि दायित्वभित्र आएको छ । हामी सरकारको निर्देशनअनुसार १५ दिन पर्खिन्छौँ’, उनले भने, ‘१५ दिनभित्र बक्यौता रकम नउठेमा नेपाल सरकार र ऊर्जा मन्त्रालय पनि उठाउन लाग्नेछन् भन्ने ठानेका छौँ । यदि २८ उद्योग तिर्न नआएमा विद्युत् प्राधिकरण आफ्नो नियमकानुन अनुसार अघि बढ्छ ।’

घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र नियमन आयोगको लिखित निर्देशनअनुसार तीन महिना समय दिएको बताए ।

‘अहिलेलाई नेपाल सरकारले १५ दिनको समय दिएको छ । त्यसअवधिमा पनि बुझाइएन भने यो कुरा सरकार, ऊर्जामन्त्रालय र प्राधिकरणको मात्रै विषय रहेन’, उनले भने, ‘यो जनसरोकारको विषय रहेकाले जनताले पनि गम्भीर रुपमा कुरा उठाउनेछन् भन्ने मलाई लागेको छ।’

उनले बक्यौताका नाममा अब लाइन काट्ने, जोड्ने कुरा बन्द गर्नुपर्ने बताए । ‘अब प्राधिकरण लाइन काट्दै बक्यौता उठाउने बाटोतिर जाँदैन । हामीले अब लाइन काट्नेतिर नलागौँ भनेका छौँ’, उनले भने, ‘अहिले यो समस्या समाधानको अन्तिम चरणमा आइसकेको थियो। हामीले यस पटक पनि नेपाल सरकारको निर्देशन पालना गरेका छौँ । अब १५ दिन कुरेर थप कमद चाल्छौँ ।’

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  २ : ३२ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर