मुख्यमन्त्री लामालाई बागमतीको संसदीय दलले बुझायो ध्यानाकर्षणपत्र « Khabarhub

मुख्यमन्त्री लामालाई बागमतीको संसदीय दलले बुझायो ध्यानाकर्षणपत्र


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशको संसदीय दलका प्रतिनिधिले सरकारले जनता केन्द्रित कार्य सम्पादन गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । 

बुधबार मुख्यमन्त्री कार्यलय हेटौँडामा ज्ञापनपत्र बुझाउँदै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकार गठन भएको एकसय दिन पुगिसकेको भन्दै प्रदेशको समग्र विकासमा सरकार केन्द्रित हुन नसकेको आरोप लगाए। उनले सरकार सङ्घीयताको मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए।

दलका नेता जम्कट्टेलले विकासको आकाङ्क्षा र आवश्यकतालाई सम्बोधन गर्दै सरकार अगाडि बढ्नुपर्ने उल्लेख गरे । आठ बुँदे मागसहित विभिन्न विषयमा ज्ञापनपत्र बुझाउँदै दलले विभिन्न समयमा सर्वदलीय बैठकले गरेका निर्णय अविलम्ब कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । 

ध्यानाकर्षण पत्रमा सङ्घीयताको संस्थागत शुद्धिकरण, सुशासन र प्रदेशको विकासमा केन्द्रित हुनुपर्ने माग राखिएको छ । गत असोज ११ र १२ गते आएको बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएका भन्दै पीडितका समस्यालाई तत्काल सम्बोधन गर्न माग गरिएको छ । 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ३ : ४८ बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५