अब समस्याउन्मुख सहकारीको अनुगमन गरिने, सातवटा टोली परिचालन | Khabarhub Khabarhub

अब समस्याउन्मुख सहकारीको अनुगमन गरिने, सातवटा टोली परिचालन


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याउन्मुख सहकारीको अध्ययन गर्ने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समस्याउन्मुख सहकारीको अध्ययनका लागि सातवटा टोली बनाएर पठाउने तयारी भएको बताए ।

सहकारी ऐनलाई संशोधन र सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिवको अध्यक्षतामा समिति बनाएर काम सुरु भइसकेको उनले बताए ।

उनले मुलुक संघीयतामा गएर तीन तहको सरकार बनेपछि राष्ट्रिय मापदण्ड जारी गर्न नसक्दा समस्या भएको धारणा राखेका छन् ।

सचिव पोखरेलले सहकारी क्षेत्रलाई नियमन गर्ने जिम्मेवारी संविधानले संघलाई दिएको अवस्थामा यसलाई मध्यनजर गर्दै राष्ट्रियस्तरको नियमकारी निकायको परिकल्पनामा काम गरिरहेको जानकारी दिए ।

सहकारीमा बचतकर्ताको सुरक्षा हुनुपर्नेमा स्पष्ट रहेको भन्दै उनले सबै प्रकारका बचतकारीको बचत संरक्षणमा सरकारको गम्भीर ध्यान रहेको उनले बताएका छन् ।

सचिव पोखरेलले संसदीय छानबिन समितिको प्रतिवेदन आइसकेपछि मन्त्रालयले त्यसलाई समेत आधार मान्दै आवश्यक कानुन प्रबन्धको तयारीमा लागेको धारणा राखे । बैठकमा समिति सदस्यहरूले सहकारी नियमनका लागि शक्तिशाली संयन्त्र गठन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : २२ बजे

मौलिक बस्तु, सीप कलाको संरक्षणमा महोत्सव महत्त्वपूर्ण : अध्यक्ष बिजुक्छेँ

काठमाडौं– सांस्कृतिक नगरको रूपमा परिचित भक्तपुरमा शुक्रबारबाट पाँच दिने भक्तपुर

मुलुकको विकासमा सरकारको ध्यान केन्द्रित छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा वर्तमान सरकारको ध्यान

समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौँ : सञ्चारमन्त्री गुरूङ

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले संविधान संशोधनद्वारा

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला– खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई स्वच्छ एवं

मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए

मकवानपुर– राक्सिराङ गाउँपालिका–५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक