गाजामा भएको इजरायली हमलामा तीन प्यालेस्टिनीको मृत्यु | Khabarhub Khabarhub

गाजामा भएको इजरायली हमलामा तीन प्यालेस्टिनीको मृत्यु


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजा सहरको पूर्वमा रहेको सुजयिया र उत्तरी गाजा पट्टीमा गरिएको इजरायली कारबाहीमा बुधबार तीन जना  प्यालेस्टिनीको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । 

गाजाका चिकित्सा स्रोतले गाजा सहरको पूर्वमा रहेको सुजैयामा गरिएको आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको रिपोर्ट गरेको छ । उत्तरी गाजा पट्टीमा भएको इजरायली बम विष्फोटमा अल–तुफाह स्पोर्ट्स क्लबका खेलाडी, इयाद अबु खातेरको पनि मृत्यु भएको स्रोतले जनाएको छ ।

यसैबीच, बेत लाहियाको अल–मन्सिया छिमेकमा एक परिवारलाई लक्षित गरेको बम विस्फोटमा धेरै प्यालेस्टिनीहरू घाइते भएका छन् । सेनाले गाजा पट्टीको उत्तरमा जबालियामा आवासीय भवनहरू पनि खाली गराएका छन् भने गाजा सहरको उत्तरी क्षेत्रलाई लक्षित गरी छापा मारेको छ ।

सन् २ं०२३ अक्टोबर देखि गाजा पट्टीमा इजरायली आक्रमणमा परी अहिलेसम्म ४३ हजार ६६५ मानिसको मृत्यु हुनुका साथै एक लाख तीन हजार ७६ जना घाइते भएको आपतकालीन र नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : १८ बजे

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।