वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिन्छ : मुख्यमन्त्री सिंह « Khabarhub

वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिन्छ : मुख्यमन्त्री सिंह


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताएका छन् । 

नारायणी रङ्गशाला परिसरमा रहेको उक्त मैदान निरीक्षण गर्दै बुधबार उनले वर्षौंदेखिको मुआब्जा विवाद आफ्नै कार्यकालभित्र टुङ्गो लगाउने प्रतिबद्धता जनाएका हुन् ।

‘आजै म काठमाडौँ जाँदैछु, सङ्घीय युवा तथा खेलकुदमन्त्रीसँग भेटेरै मुआब्जा विवाद सम्बन्धी फाइल अर्थ मन्त्रालय पठाउन आवश्यक पहलकदमी गर्नेछु’, उनले भने, ‘राज्यको न्यून लगानीको बाबजुद पनि खेलाडीले मेहनत गरिरहेका छन् । खेलाडीको प्रोत्साहनका लागि प्रदेश सरकारले पनि हातेमालो गरेर अघि बढ्न चाहन्छ ।’

उनले प्रदेश सरकारसँग सीमित स्रोतसाधन भएकाले पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताए । ‘प्रदेश सरकारले क्रिकेट मैदानका लागि थोरै बजेट विनियोजन गरेको छ । सो बजेट पर्याप्त छैन । यद्यपि आगामी आवको बजेटमा थप गर्नेछौँ’ उनले भने। 

क्रिकेट स्ङ्घ पर्साका अध्यक्ष मनिष सिंहले मुआब्जा विवादका कारण क्रिकेट मैदानलाई तारजालीले घेराबेरा गर्न समेत नसकेको गुनासो गरे। 

‘करिब चार कट्ठा जग्गाको मुआब्जा विवाद टुङ्गो नलाग्दा मैदान संरक्षणको काम गर्न समस्या भइरहेको छ’, उनले भने, ‘हालसालै वीरगञ्ज क्रिकेट मैदानको ‘पिच’लाई स्तरोन्नति गरी खेल्न मिल्ने बनाइसकेका छौँ ।’

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : ४७ बजे

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको