यूएईलाई हराउँदै यू-१९ महिला टी-२० विश्वकपमा पुग्यो नेपाल « Khabarhub

यूएईलाई हराउँदै यू-१९ महिला टी-२० विश्वकपमा पुग्यो नेपाल


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । बुधबार भएको अन्तिम खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो ।

यूएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रतियोगितामा शीर्ष स्थानमा रहँदै विश्वकपमा छनौट भएको हो ।

यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रनमा रोकेको थियो ।  यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदै छ ।

१६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुङ्गो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रीय छनौटबाट नेपालसहित ५ देशले भाग लिँदै छन् ।

जसमा अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, बागलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र वेस्ट इन्डिज छन् ।

त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।

यसअघि २०२३ मा भएको पहिलो यू-१९ महिला टी-२० विश्वकप भारतले जितेको थियो । २०२३ को विश्वकप छनौट प्रतियोगितामा नेपाल तेस्रो हुँदै एसियाबाट छनौट हुन सकेको थिएन । एशियाबाट युएई शीर्ष स्थानमा रहँदै छनौट भएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : ०० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा