यूएईलाई हराउँदै यू-१९ महिला टी-२० विश्वकपमा पुग्यो नेपाल « Khabarhub

यूएईलाई हराउँदै यू-१९ महिला टी-२० विश्वकपमा पुग्यो नेपाल


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । बुधबार भएको अन्तिम खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो ।

यूएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रतियोगितामा शीर्ष स्थानमा रहँदै विश्वकपमा छनौट भएको हो ।

यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रनमा रोकेको थियो ।  यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदै छ ।

१६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुङ्गो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रीय छनौटबाट नेपालसहित ५ देशले भाग लिँदै छन् ।

जसमा अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, बागलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र वेस्ट इन्डिज छन् ।

त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।

यसअघि २०२३ मा भएको पहिलो यू-१९ महिला टी-२० विश्वकप भारतले जितेको थियो । २०२३ को विश्वकप छनौट प्रतियोगितामा नेपाल तेस्रो हुँदै एसियाबाट छनौट हुन सकेको थिएन । एशियाबाट युएई शीर्ष स्थानमा रहँदै छनौट भएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : ०० बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि