नयाँ मोडतिर मध्यपूर्वको राजनीति : इरानी विदेशमन्त्री र साउदी राजकुमारबीच वार्ता « Khabarhub

नयाँ मोडतिर मध्यपूर्वको राजनीति : इरानी विदेशमन्त्री र साउदी राजकुमारबीच वार्ता


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

रियाद- इरानका विदेश मन्त्री अब्बास अरागचीले रियादमा भइरहेको अरब-इस्लामिक देशको सम्मेलनका क्रममा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् ।

अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै यसबारे खुलाएका हुन् । उनीहरूबीच एक महिनाबीचमा भएको यो दोस्रो भेटवार्ता हो ।

अरागचीले भनेका छन्, ‘मैले आफ्ना कयौँ समकक्षी (विदेश मन्त्री) सँग पनि भेटवार्ता गरेँ । हामी सबैको साझा चिन्ता र साझा हित छन् । हामी मध्यपूर्वमा अहिले महत्वपूर्ण चुनौती सामना गरिरहेका छौँ । ती चुनौती सामना गर्न हामी सहयोग र समन्वयको महत्व राम्ररी सम्झिन सक्छौँ । क्षेत्रीय संवाद एक विकल्प मात्रै होइन, आवश्यक भएको छ । यसका लागि हामी सहमत भएका छौँ।’

कुनै समय साउदी अरब र इरान एकअर्काका कडा दुष्मन थिए । तर अहिले यी दुई देशका नेताहरूबीच भएको भेटवार्तालाई मध्यपूर्वको विकसित घटनाक्रममा धेरै अहम् मानिएको छ ।

मध्यपूर्वमा इजरायलले गाजा र लेबनानमा गरिरहेको ठूलो आक्रमणबीच साउदी अरबमा अरब-इस्लामिक देशको सम्मेलन भइरहेको छ ।

जहाँ इरान र सिरियासहित मध्यपूर्वका सबै मुस्लिम राज्यका प्रतिनिधि जुटेका छन् । यही सम्मेलनका क्रममा साउदी अरबले पहिलो पटक इजरायलले गाजा र लेबनानमा नरसंहार मच्चाएको भन्दै विरोध जनाएको छ ।

यस सम्मेलनको प्राथमिकता, प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमणलाई रोक्नु रहेको छ । सम्मेलनमा आममानिसको जीवनरक्षा र शान्ति कायम गर्दै स्थिरता स्थापित गर्नु रहेको छ। त्यसका लागि यी देशले अन्तर्राष्ट्रिय समुदायमाथि दबाब बढाउँदैछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : १० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर