बालबालिका ऐन संशोधन गर्न सांसदहरूको जोड « Khabarhub

बालबालिका ऐन संशोधन गर्न सांसदहरूको जोड


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रियसभाका सांसदहरुले ‘बालकालिका ऐन, २०७५’ लाई संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँगको छलफल’मा सांसदले ऐन लागू भएको छ वर्षमा धेरै विषय परिर्वतन भएकाले ऐन संशोधन गरी समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिएका हुन् । 

राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौलाले बालबालिकासम्बन्धी ऐन संशोधन गरी बालबालिकाको अर्थपूर्ण सहभागितालाई व्यवहारिक रुपमै कार्यान्वयनको पहल गर्नुपर्ने धारणा राखे। 

अर्का सांसद सुरेशकुमार आले मगरले बालबालिकासम्बन्धी ऐन, २०७५ मा कमीकमजोरी रहेकाले देशैभरका बालबालिकाको अवस्था बारेमा विस्तृत अध्ययन गरेर सुझावका आधारमा ऐन संशोधन गर्नुपर्ने बताए।

बाल अधिकारकर्मी अशोककुमार जैरुले बालबालिकासम्बन्धी ऐन संशोधन गरी अपाङ्गता भएका व्यक्तिको शिक्षाको अधिकारलाई प्रष्टसँग व्यवस्था गर्नुपर्ने धारणा राखे । 

सांसद भगवती न्यौपानेले पछिल्लो समयमा कतिपय आमसञ्चार माध्यमले बालबालिकाको गोपनीयताको हकलाई बेवास्ता गरी समाचार सम्प्रेषण गर्ने गरेकाले ऐन संशोधन गरी त्यस सम्बन्धमा कडा कारबाहीको व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : १३ बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५