सरकार चुनौतीलाई अवसरमा बदल्न दृढ छ : मन्त्री भण्डारी « Khabarhub

सरकार चुनौतीलाई अवसरमा बदल्न दृढ छ : मन्त्री भण्डारी


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार समाजका व्याप्त चुनौतीलाई अवसरमा बदल्न दृढ संकल्पित रहेको बताएका छन् । उनले लगानीमैत्री वातावरण बनाउन र मुलुकको आर्थिक विकासका लागि सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नेसमेत बताए। 

रूपन्देही व्यापार सङ्घको रजतजयन्ती मूल समारोहमा मन्त्री भण्डारीले वर्तमान सरकार संविधान संशोधनमार्फत नीतिगत रूपमै सुधारका लागि साझा मुद्दा बनाइएको बताए। उनले शासन प्रणाली, संरचनागत क्षेत्रमा रहेका कमजोरीलाई सुधारका लागि फरक आस्था र प्रमुख प्रतिस्पर्धी पार्टीबीच गठबन्धन बनेको बताए।  

सरकारले निजी क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीति परिवर्तन गर्ने प्रयासमा रहेको बताउँदै मन्त्री भण्डारीले उत्पादनका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरे। उनले निराशाका विषय मात्रै ल्याएर सबै बिग्रियो भन्ने सन्देशले होइन निरासालाई चिरेर आशा र अपेक्षा जगाउनेगरी सकारात्मक सन्देश दिने काममा लाग्न जरुरी रहेको बताए।

मन्त्री भण्डारीले सरकारले लगानीको प्राथमिकता जोड दिएको तर लगानीका क्षेत्र र सम्भावना प्रशस्त हुँदाहुँदै पनि हुँदाहुँदै पनि बैँकमा पुँजी थुप्रिएर रहेकामा चिन्ता व्यक्त गरे। उनले पुँजीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न र स्वदेशी उत्पादनमा जोड दिए।  

सरकारले सामान्य ऐन संशोधन गरेपछि भैरहवाको विशेष औद्योगिक क्षेत्र सेजमा उद्योगीको आकर्षण बढ्दै गएको बताउँदै मन्त्री भण्डारीले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रसहित सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रको सञ्चालनको काम अघि बढ्ने विश्वास दिलाए।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशको विकासमा निजी क्षेत्रको सहकार्य जरुरी रहेको बताए। उनले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्यसहित अघि बढ्नेसमेत बताए।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : २० बजे

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः