‘कबड्डी ४’ को रेकर्ड तोड्दै ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने फिल्म « Khabarhub

‘कबड्डी ४’ को रेकर्ड तोड्दै ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने फिल्म


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ ।

फिल्मले प्रदर्शनको १३औँ दिन मंगलबारसम्म देशभर २५ करोड ४ लाख कमाएर नयाँ कीर्तिमान बनाएको हो ।

‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको कीर्तिमान तोडेको हो ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबारसम्म फिल्मले २५ करोड ४ लाख ग्रास कमाई गरेको जानकारी दिएको छ ।

कमाईको कीर्तिमानसँगै फिल्मले सर्वाधिक शो पाउने फिल्म पनि बनेको छ । फिल्म एकै दिन ४८० भन्दा बढी शो पाएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : २८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।