राप्रपाले टुंग्यायो १७ स्थानका उम्मेदवार, कसैसँग तालमेल नगर्ने « Khabarhub

राप्रपाले टुंग्यायो १७ स्थानका उम्मेदवार, कसैसँग तालमेल नगर्ने


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंग्याएको छ ।

पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले काठमाडौंको कीर्तिपुर नगरपालिकासहितका स्थानमा १७ जना उम्मेदवारको टुंगो गरिएको बताएका छन् । उनका अनुसार कीर्तिपुरको मेयरको उम्मेदवारमा ध्रुव महर्जनलाई छनौट गरिएको छ ।

राप्रपाले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा मनकुमारी श्रेष्ठलाई उठाउने भएको छ। उता बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको उम्मेदवारमा सुनादेवी थापा (भोटे) लाई उठाउने निर्णय भएको उनले बताए ।

श्रेष्ठका अनुसार राप्रपाले उपनिर्वाचन हुने सबै स्थानीय तहमा उमेदवारी दिने भएको छ । अब बाँकी स्थानीय स्थानीय तहका उमेदवार पनि चाँडै टुंगो लगाइने उनले बताए । श्रेष्ठका अनुसार राप्रपाले यो उपनिर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने भएको छ ।

कहाँ कसलाई टिकट ?

कोशी प्रदेश
झापा : कन्काई नरपालिका- ६ मा नारायण प्रसाद निरौला
सुनसरी : गद्धी गाउँपालिका-६ मा कविता कुमारी उराव
तेह्रथुम : लालीगुराँस नगरपालिका-८ मा रत्नबहादुर श्रीपाली
ओखलढुंगा : मोलुङ गाउँपालिका-५ मा चन्द्रमणि दाहाल

मधेस प्रदेश
सप्तरी : डाक्नेश्वर नगरपालिका-१ मा सतिशकुमार चौधरी
सप्तरी : डाक्नेश्वर नगरपालिका-४ मा रामकुमार यादव

बागमती प्रदेश
काठमाडौं महानगरपालिक-१६ मा श्यामकृष्ण श्रेष्ठ
दोलखा : गौरीशंकर गाउँपालिका उपाध्यक्षमा मनकुमारी श्रेष्ठ
काठमाडौं : कीर्तिपुर नगरपालिका प्रमुखमा ध्रुव महर्जन
काठमाडौं : कीर्तिपुर नगरपालिका-१ मा सुरेन्द्र उप्रेती
काठमाडौं : कीर्तिपुर नगरपालिका-४ मा बिजेश बस्नेत
मकवानपुर : हेटौंडा उपमहानगरपालिका-१२ मा प्रेम लामा भ्लोन

लुम्बिनी प्रदेश
गुल्मी : मुसीकोट गाउँपालिका-१ मा  ईश्वरी खाती
रोल्पा: रुन्तीगडी गाउँपालिका- ४ मा पहलबहादुर वली
कपीलवस्तु :सुद्धोदन गाउँपालिका-१ मा इम्तियाज अहमद

कर्णाली प्रदेश
कालीकोट: तिलागुफा नगरपालिका- ४ जुद्धबहादुर शाही

सुदुरपश्चिम प्रदेश
बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुनादेवी थापा (भोटे)

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : ४१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्