ताजिकिस्तानसँग नेपाल ४–० गोल अन्तरले पराजित | Khabarhub Khabarhub

ताजिकिस्तानसँग नेपाल ४–० गोल अन्तरले पराजित


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।

नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल खाएको थियो । अब नेपालले यसै मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ८ : ५५ बजे

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

बेइजिङ– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा क्यान्सरको टाइप पत्ता लगाउने मेसिन सञ्चालनमा 

चितवन– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार

प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको