भारत रुसको वास्तविक साझेदार : पुटिन « Khabarhub

भारत रुसको वास्तविक साझेदार : पुटिन


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई वास्तविक साझेदारको संज्ञा दिएका छन् ।

रुसको सोचीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले दशकौँदेखि भारत आफ्नो मुलुकको वास्तविक साझेदारका रुपमा रहेको टिप्पणी गरे ।

उनले भारतलाई बेलायती उपनिवेशबाट स्वतन्त्र बनाउन तत्कालीन सोभियत संघले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै हाल आएर दुई मुलुकबीच सबै क्षेत्रमा सहकार्य अभिवृद्धि भइरहेको बताए ।

रुसी समाचार संस्था तासका अनुसार राष्ट्रपति पुटिनले दुई मुलुकबीचको सम्बन्ध वर्तमानको यथार्थमा आधारित रहेको टिप्पणीसमेत गरे ।

उनले दुई मुलुकबीचको व्यापार ६० अर्ब डलर पुगेको उल्लेख गरे । डेढ अर्ब जनसङ्ख्या रहेको मुलुक भारत विश्वका शक्तिशाली मुलुकको सूचीमा आउने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १० : २८ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड