रक्षा सहकार्य अभिवृद्धि गर्न भारत र गुएनाका सेना प्रतिबद्ध « Khabarhub

रक्षा सहकार्य अभिवृद्धि गर्न भारत र गुएनाका सेना प्रतिबद्ध


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र गुएनाबीच रक्षा सहकार्य अभिवृद्धिबारे छलफल भएको छ । गुएनाको रक्षा बलका ब्रिगेडियर ओमर खानले भारतीय सेनाप्रमुख जनरल अनिल चौहानसँग भेटवार्ता गरी यसबारे छलफल गरेका हुन् ।

भेटवार्ताका क्रममा द्विपक्षीय रक्षा सहकार्य, क्षेत्रीय स्थीरता, समुद्री सुरक्षा र आपसी समझदारी विकास गर्ने विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ । पाँचदिने भारत भ्रमणका क्रममा बिग्रेडियर खानले जनरल चौहानसँग भेटवार्ता गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस भेटवार्तामा जटिल बन्दै गएको सुरक्षा वातावरणमा क्षेत्रीय स्थीरता कायम गर्न दुबै मुलुकका सेनाले प्रतिबद्धता व्यक्त गरेका छन् । सन् १९६५ मा भारत र गुएनाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई मुलुकबीच कृषि, स्वास्थ्य, रक्षा, प्रविधिजस्ता क्षेत्रमा सहकार्य बढ्दै गएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको