जम्मु कश्मीरबारे पाकिस्तानले मिथ्या सूचना फैलाएको भारतको आरोप « Khabarhub

जम्मु कश्मीरबारे पाकिस्तानले मिथ्या सूचना फैलाएको भारतको आरोप


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले जम्मु र कश्मीरका बारेमा मिथ्या सूचना फैलाइरहेको भन्दै भारतले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय बैठकमा भारतको माथिल्लो सदन राज्यसभाका सांसद राजीव शुक्लाले पाकिस्तानले जम्मु र कश्मीरका बारेमा मिथ्या र भ्रामक सूचना फैलाइरहेको आरोप लगाए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानी पक्षले राष्ट्रसंघमा जम्मु र कश्मीरका बारेमा बारम्बार भ्रामक जानकारी दिने गरेको उनले आरोप लगाए । जम्मु कश्मीरमा हालै सम्पन्न निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको भन्दै उनले जतिसुकै मिथ्या सूचना सम्प्रेषण गरेपनि यथार्थमा कुनै परिवर्तन नहुने टिप्पणी समेत गरे ।

जम्मु कश्मीरमा हालै तीन चरणमा सम्पन्न मतदानमा कीर्तिमानी स्तरमा मतदाताको सहभागिता रहेको सांसद शुक्लाको भनाइ छ । यसबाट भारतीय जनतामाझ लोकतान्त्रिक प्रणालीमा पूर्ण विश्वास रहेको पुष्टि भएको उनले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ९ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको