जम्मु कश्मीरबारे पाकिस्तानले मिथ्या सूचना फैलाएको भारतको आरोप | Khabarhub Khabarhub

जम्मु कश्मीरबारे पाकिस्तानले मिथ्या सूचना फैलाएको भारतको आरोप


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले जम्मु र कश्मीरका बारेमा मिथ्या सूचना फैलाइरहेको भन्दै भारतले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय बैठकमा भारतको माथिल्लो सदन राज्यसभाका सांसद राजीव शुक्लाले पाकिस्तानले जम्मु र कश्मीरका बारेमा मिथ्या र भ्रामक सूचना फैलाइरहेको आरोप लगाए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानी पक्षले राष्ट्रसंघमा जम्मु र कश्मीरका बारेमा बारम्बार भ्रामक जानकारी दिने गरेको उनले आरोप लगाए । जम्मु कश्मीरमा हालै सम्पन्न निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको भन्दै उनले जतिसुकै मिथ्या सूचना सम्प्रेषण गरेपनि यथार्थमा कुनै परिवर्तन नहुने टिप्पणी समेत गरे ।

जम्मु कश्मीरमा हालै तीन चरणमा सम्पन्न मतदानमा कीर्तिमानी स्तरमा मतदाताको सहभागिता रहेको सांसद शुक्लाको भनाइ छ । यसबाट भारतीय जनतामाझ लोकतान्त्रिक प्रणालीमा पूर्ण विश्वास रहेको पुष्टि भएको उनले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ९ : ५२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ