इद्रिस खटकलाई तुरुन्त रिहा गर्न मानव अधिकारवादी संस्थाको आह्वान « Khabarhub

इद्रिस खटकलाई तुरुन्त रिहा गर्न मानव अधिकारवादी संस्थाको आह्वान


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानव अधिकारवादी संघसंस्थाले पाकिस्तानमा जेल जीवन बिताइरहेका सामाजिक अभियन्ता इद्रिस खटकलाई तत्काल रिहा गर्न माग गरेका छन् । फ्रन्ट लाइन डिफेन्डर्सले इद्रिसको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेको हो ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त संस्थाले उनलाई तत्काल रिहा गर्न आह्वान गरेको हो । इद्रिसलाई सन् २०१९ को नोभेम्बर महिनामा पक्राउ गरिएको थियो ।

सन् २०२१ को डिसेम्बरमा उनलाई सैन्य अदालतले १४ वर्षको जेल सजाय सुनाएको थियो । पछिल्लो ५ वर्षयता उनी जेलमा छन् । उनलाई राखिएको कारागारमा अस्वस्थ र असुरक्षित वातावरण रहेको उक्त संस्थाको भनाइ छ ।

उनले पाकिस्ताका जातीइ एवम् धार्मिक अल्पसङ्ख्यकको अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका थिए । इद्रिस पाकिस्तानी सेनाले खैबर पख्तुनख्वा प्रान्तमा चलाएको सैन्य अभियानको आलोचक थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको