बेलायतमा हाडा नाता बिहेवारी बढेपछि प्रतिबन्ध लगाउन माग « Khabarhub

बेलायतमा हाडा नाता बिहेवारी बढेपछि प्रतिबन्ध लगाउन माग


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतका एक कन्जरभेटिभ नेताले काका भाइ बहिनीबीचको विवाहमा प्रतिबन्ध लगाउन संसदमा माग गरेका छन् । बेलायती मिडियाहरूका अनुसार सांसद रिचर्ड होल्डनले बुधबार प्रस्ताव प्रस्तुत गर्दा काका भाइबहिनीबीचको विवाहबाट जन्मिने बालबालिकामा रोग र अपाङ्गताको जोखिम निकै बढेको बताए । जसका कारण जनस्वास्थ्य प्रणालीलाई असर गरिरहेको छ ।

अक्सफोर्ड जर्नल अफ ल एन्ड रिलिजन रिसर्चलाई उद्धृत गर्दै सांसदले भने कि यस्ता विवाहबाट जन्मिएका बालबालिकामा सामान्य बालबालिकाको तुलनामा आनुवंशिक रोग लाग्ने सम्भावना दोब्बर हुन्छ । यो प्रथा महिलाको सुरक्षाका लागि पनि खतरा हो ।

होल्डनले यो पनि भने कि, ‘यो अभ्यास आधुनिक ब्रिटिश समाजको लागि बिल्कुल ठीक छैन। हजुरबा हजुरआमाको पालाको तुलनामा अहिले अवस्था नाजुक बन्दै गएकाले देशका लागि चिन्ताजनक अवस्था सिर्जना भएको छ ।’

होल्डनले भने कि बेलायतका केही आप्रवासी समुदायहरू जस्तै ब्रिटिश–पाकिस्तानी र आयरिशहरू काका भाई बहिनीहरू बीच विवाहको उच्च दर छ। यीमध्ये करिब ४० प्रतिशत विवाह पहिलो कजनमा बीचमा नै हुने गर्दछ।

सांसदले भने कि संसारभरि करिब १० प्रतिशत बिहे काकाका भाइ बहिनीबीच हुने गरेको छ । अफ्रिकाको सहारा क्षेत्रमा ३५ देखि ४० प्रतिशत मानिसहरूले चचेरी बहिनीसँग विवाह गर्छन्। यो संस्कृति मध्य पूर्व र दक्षिण एशियामा पनि धेरै सामान्य छ। पाकिस्तानका केही भागहरूमा यो ८० पुगेको छ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ८ : ३० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै