एकीकृत समाजवादीको स्थायी कमिटी बैठक, के–के छन् एजेन्डा  « Khabarhub

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक, के–के छन् एजेन्डा 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । १२ बजेदेखि बस्ने बैठकमा नेताहरू केन्द्रीय कार्यालय आलोकनगरमा जम्मा भइरहेका छन् ।

आजको बैठकमा महासचिव धनश्याम भुसालले बुधबार आन्तरिक छलफलका लागि प्रस्तुत गरेको ‘आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको दस्ताबेजबारे छलफल हुने एजेन्डा छ ।

त्यसपछि पार्टीबाट ३० वटा विभागका प्रमुखहरूको टुङ्गो लगाइने उपाध्यक्ष जगन्नाथ खतिवडाको भनाइ छ ।

एकीकृत समाजवादीले ३० वटा विभागको जिम्मेवारी टुङ्ग्याउन सकेको छैन । सबै विभागको जिम्मेवारी बाँडफाँड गर्ने भन्दै समाजवादीले बुधवारदेखि दुई दिनसम्म पार्टीको स्थायी कमिटी बैठक राखेको थियो ।

बुधबार बैठकले स्थायी कमिटीमा १७ नेता थपेको छ । बैठकमा पार्टी महासचिव घनश्याम भुसालले प्रारम्भिक प्रस्ताव राखे  । उक्त प्रस्ताव अध्याय र छलफल गर्ने भन्दै बिहीबार नेताहरूले बैठक नै स्थगित गरेर विभागको जिम्मेवारीबारे आन्तरिक छलफल गरे । त्यसपछि आज र भोलिमा विभागका प्रमुखहरू टुङ्गो लगाउने तयारी छ ।

समाजवादीले पार्टीको दसैँ महाधिवेशनमा हारेका नेताहरूलाई पनि समेटेर विभागका प्रमुखहरू टुङ्ग्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ११ : ४५ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले