चितवनको फितलो ब्याटिङ, विराटनगरसँग ५१ रनको हार  « Khabarhub

चितवनको फितलो ब्याटिङ, विराटनगरसँग ५१ रनको हार 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको शुक्रबारको खेलमा चितवन राइनोजका ब्याटर चल्न नसक्दा विराटनगर किङसले ५१ रनको जित हात पारेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर १८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्रै बनाएको हो ।

चितवनबाट सबैभन्दा बढी रन बनाउने खेलाडी अमर रौटेला हुन् । उनले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४२ रन जोडे । उनी लोकश बमको बलमा क्रिस सोलमार्फत क्याच आउट भए ।

चितवनबाट सबैभन्दा बढी रन बनाउने खेलाडी अमर रौटेला हुन् । उनले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४२ रन जोडे । उनी लोकश बमको बलमा क्रिस सोलमार्फत क्याच आउट भए ।

चितवनका कप्तान कुशल मल्लले २ चौका १ छक्काको सहयोगमा २५ बलमा २५ रन जोडे । क्रिसको बलमा उनी प्रतिस जीसीमार्फत् क्याच आउट भए । ओपनर सन्तोष कार्कीले २५ बलमा २८ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे ।

कुशल,अमर र सन्तोषबाहेक अन्य खेलाडीले रन भन्दा बढी बल खर्चिए । आपेनर समेत रहेका हसन इसाखाइलले ६ बलमा रन जोडे ।

रवि बोपाराले २४ बलमा २० रन, बसिल हमिदले ३ बलमा १ रन बनाए । अविजित रहेका दीपक बोहोराले ६ बल र सोहल तनवीरले २ बलमा १ रन मात्रै जोडे ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । क्रिस सोल, बसिर बसिर अहमद, सुवास भण्डारी र लोकशकले समान १–१ विकेट लिए ।

हेर्नुहोस् तस्बिरहरु : 

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ४ : २४ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी