राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो : प्रधानमन्त्री « Khabarhub

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो : प्रधानमन्त्री


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु मूल मन्त्र भएको बताएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभिवृद्धिका लागि आदिवासी जनजाति राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्‍याउन संविधानको मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोडसमेत दिएका छन्।

नेकपा एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र खास गरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्त्व दिँदै आएको बताउँदै हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने सङ्कल्पसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै  आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिलाई  आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ४ : ४१ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर