काठमाडौं – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिको तेस्रो ठूलो चन्द्रमा (आइओ) मा ज्वालामुखी विस्फोट भएको भिडियो जारी गरेको छ ।
यो भिडियो नासाले आफ्नो जुनो मिसनको अन्तरिक्ष यानबाट रेकर्ड गरेको हो । उक्त भिडियो नासाले सामाजिक सञ्जालमा राखेको छ । भिडियोमा चन्द्रमाको सतहबाट लाभा बाहिर निस्किरहेको देखिन्छ ।
आइओलाई हाम्रो सौर्यमण्डलमा सबैभन्दा सक्रिय ज्वालामुखी चन्द्रमा मानिन्छ। यसको सतहमा ४०० भन्दा बढी सक्रिय ज्वालामुखीहरू छन्, जसमा लगातार विस्फोट भइरहन्छ र लाभा निस्कन्छ।
नासाको जुनो मिसनले गरेको अनुसन्धानले आइओमा ज्वालामुखी गतिविधिको ४४ वर्ष पुरानो रहस्य बुझ्न मद्दत गरेको जनाइएको छ।
आइओमा ज्वालामुखी विस्फोटको पहिलो तस्बिर १९७९ मा लिइएको थियो । त्यहाँ धेरै पोखरीहरू छन्, जसमा पग्लिएको लाभा छ।
कति शक्तिशाली छ आइओ ?
बृहस्पतिको चन्द्रमा आइओमा विस्फोट हुने ज्वालामुखी लाभा म्याग्माका महासागरहरू भन्दा पनि म्याग्मा कक्षहरूबाट आउँछ । नेचरडटकमका अनुसार यसको सतहमा ज्वालामुखी विस्फोट हुँदा यसको आकार परिवर्तन भइरहन्छ ।
आइओ पहिलोपटक वैज्ञानिक ग्यालिलियो ग्यालिलीले सन् १६१० मा पत्ता लगाएका थिए । ज्वालामुखी सक्रिय भएकोबारे चाहिँ वैज्ञानिक लिन्डा एले सन् १९७९ मा पत्ता लगाएकी थिइन् । – दैनिक भाष्करबाट साभार
प्रतिक्रिया