मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए « Khabarhub

मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– राक्सिराङ गाउँपालिका–५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक युवकको शव भेटिएको छ । उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका–८, शिखरपुर ठेगाना भई हाल बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ बस्ने २१ वर्षीय समिर सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मृतकको भिनाजु नाता पर्ने मिलन घतानेले शवको सनाखत गरेका हुन् ।

प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ । सुनारको शव हाल हेटौँडा अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ६ : १९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर