मौलिक बस्तु, सीप कलाको संरक्षणमा महोत्सव महत्त्वपूर्ण : अध्यक्ष बिजुक्छेँ « Khabarhub

मौलिक बस्तु, सीप कलाको संरक्षणमा महोत्सव महत्त्वपूर्ण : अध्यक्ष बिजुक्छेँ

पाँच दिने भक्तपुर महोत्सव सुरु


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांस्कृतिक नगरको रूपमा परिचित भक्तपुरमा शुक्रबारबाट पाँच दिने भक्तपुर महोत्सव सुरु भएको छ ।

विदेशी पर्यटकहरूसँगै आन्तरिक पर्यटकहरूको पनि प्रवर्द्धन गर्ने भक्तपुर महोत्सव आयोजना गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ । महोत्सवमा भक्तपुरका जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत विभिन्न गतिविधिहरू प्रदर्शन गरिएको छ भने नगरपालिकाले तोकेका विभिन्न ३२ वटा स्थलहरूमा महत्त्वपूर्ण गतिविधि आयोजना गरिएको छ ।

महोत्सवलाई थप आकर्षक बनाउन मङ्सिर २९ गते खुला बाँसुरी बाजा प्रतियोगिताको पनि आयोजना गरिएको छ । महोत्सवको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गरे । सो क्रममा बिजुक्छेँले राज्य र जनताले स्थापना गरेका मौलिक उद्योगहरू एकपछि अर्को बेच्ने, निजीकरण र दुरुपयोग गर्ने कार्यले नेपाली जनता पछुताउनुपरेको बताए । अहिलेको अवस्थामा मौलिक बस्तु, सीप कलाको संरक्षणमा महोत्सव महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

भक्तपुरमा लिच्छविकालीन र मल्लकालीन विभिन्न सम्पदाहरू अहिले पनि जीवन्त देख्न पाइन्छ । भक्तपुर नगरका मूर्त र अमूर्त सम्पदाहरूको मूल्याङ्कन गरी सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो ।

विश्वका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूमध्ये अहिले २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ६ : ४९ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार