मौलिक बस्तु, सीप कलाको संरक्षणमा महोत्सव महत्त्वपूर्ण : अध्यक्ष बिजुक्छेँ | Khabarhub Khabarhub

मौलिक बस्तु, सीप कलाको संरक्षणमा महोत्सव महत्त्वपूर्ण : अध्यक्ष बिजुक्छेँ

पाँच दिने भक्तपुर महोत्सव सुरु


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांस्कृतिक नगरको रूपमा परिचित भक्तपुरमा शुक्रबारबाट पाँच दिने भक्तपुर महोत्सव सुरु भएको छ ।

विदेशी पर्यटकहरूसँगै आन्तरिक पर्यटकहरूको पनि प्रवर्द्धन गर्ने भक्तपुर महोत्सव आयोजना गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ । महोत्सवमा भक्तपुरका जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत विभिन्न गतिविधिहरू प्रदर्शन गरिएको छ भने नगरपालिकाले तोकेका विभिन्न ३२ वटा स्थलहरूमा महत्त्वपूर्ण गतिविधि आयोजना गरिएको छ ।

महोत्सवलाई थप आकर्षक बनाउन मङ्सिर २९ गते खुला बाँसुरी बाजा प्रतियोगिताको पनि आयोजना गरिएको छ । महोत्सवको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गरे । सो क्रममा बिजुक्छेँले राज्य र जनताले स्थापना गरेका मौलिक उद्योगहरू एकपछि अर्को बेच्ने, निजीकरण र दुरुपयोग गर्ने कार्यले नेपाली जनता पछुताउनुपरेको बताए । अहिलेको अवस्थामा मौलिक बस्तु, सीप कलाको संरक्षणमा महोत्सव महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

भक्तपुरमा लिच्छविकालीन र मल्लकालीन विभिन्न सम्पदाहरू अहिले पनि जीवन्त देख्न पाइन्छ । भक्तपुर नगरका मूर्त र अमूर्त सम्पदाहरूको मूल्याङ्कन गरी सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो ।

विश्वका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूमध्ये अहिले २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ६ : ४९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले