अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृत पक्राउ | Khabarhub Khabarhub

अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृत पक्राउ


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दूरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद सापकोटा अख्तियारका कर्मचारीलाई घुस रकम दिन खोजेपछि पक्राउ परेका हुन् । उनी आयोगको कार्यलय कञ्चनपुरबाट शुक्रबार पक्राउ परेका हुन् ।

यसअघि सापकोटा अछामको मेल्लेख गाउँपालिकामा कार्यरत थिए । उनको कार्यकालमा गाँउपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी परेपछि अहिले अख्तियारको टोलीले अनुसन्धान गरिरहेको छ ।

स्थलगत मुचुल्का र आरोपीहरूको बयानसमेत सम्पन्न भई अनुसन्धान भईरहेको उजुरीसँग सम्बन्धित कागजात पेश गर्न सापकोटा शुक्रबार आयोगको कार्यालय कञ्चनपुरमा पुगेका थिए । सोही बखत उनले आयोगका कर्मचारीलाई एक लाख रुपैयाँ घुसदिन खोजेपछि पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १० : १७ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो