इटालियन सिरी ए : मोन्जासँग इन्टर मिलानको फराकिलो जित « Khabarhub

इटालियन सिरी ए : मोन्जासँग इन्टर मिलानको फराकिलो जित


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा मोन्जालाई ५–१ गोलले हराउँदै मिलानले सानदार जित निकालेको हो ।

इन्टरका लागि हाकान काल्हानोग्लु र लाउटारो मार्टिनेजले दुई–दुई तथा मार्कस थुरामले एक गोल गरेका थिए । मोन्जाका मटेओ पेसिनाले एक गोल फर्काएका थिए ।

इनटरका हाकानले खेलको १२औँ र ६०औँ मिनेटमा गोल गरेका थिए भने लाउटारोले १४औँ र ८४औँ मिनेटमा गोल हानेका थिए ।

यस्तै मार्कसले ८८औँ मिनेटमा इन्टरका लागि अर्को गोल थपेका थिए । उता, मोन्जाका पेसिनाले खेलको ६९औँ मिनेटमा एक गोल फर्काएका थिए ।

यो जितसँगै इन्टर मिलान २० खेलबाट ५१ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित भएको मोन्जा २५ अंकका साथ ११औँ स्थानमा छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको