सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्ने « Khabarhub

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्ने


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे सुरु हुने बताइएको छ ।

बैठकमा आगामी माघ ११ गते राष्ट्रियसभाका १९ पदमा हुने निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले १९ सिटमा भागबण्डा गरी साझा उम्मेदवार तय गरेका छन् ।

आफ्ना उम्मेदवारलाई विजयी गराउने विषयमा चालिने कदमका बारेमा बैठकमा छलफल हुनेछ । गठबन्धनले राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरी कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा निर्वाचन समन्वय समिति समेत गठन गरेको छ ।

सो समितिले गठबन्धनका शीर्ष नेताहरूलाई साझा उम्मेदवारहरूलाई जिताउनका लागि सम्युक्त अपील जारी गर्न लगाउने हिजोको बैठकले निर्णय गरेको थियो । सो विषयमा पनि नेताहरूबीच छलफल हुनेछ ।

यस्तै, सङ्क्रमणकालीन न्यायसम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको