मेलम्चीको पानी भोलिदेखि काठमाडौँमा पुनः वितरण गरिने « Khabarhub

मेलम्चीको पानी भोलिदेखि काठमाडौँमा पुनः वितरण गरिने


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भोलिदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेसँगै पानी वितरण हुनेछ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीका अनुसार मेलम्चीको पानी सुन्दरीजलमा आइपुगिसकेको छ।

उनले आज अनामनगरको ट्यांकीमा पानी जम्मा गर्न सुरू गरिने र भोलिबाट वितरण सुरू गरिने जानकारी दिए। पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाएर खुमलटार, महाङ्काल चौर, कीर्तिपुर, बोडे, कटुञ्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने कार्यकारी निर्देशक अन्सारीले जानकारी दिएका छन् ।

यसअघि उपत्यकामा मेलम्चीको पानी ल्याउनका लागि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा पुस ३ गते बसेको बैठकले आकस्मिक परिस्थितिबाहेक २८ दिनको कार्यतालिका बनाएर निर्माण व्यवसायी सिनो हाइड्रोले तत्काल काम शुरु गर्ने गरी सम्झौता भएको थियो ।

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ साल चैतमा पहिलो पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिए पनि बाढीपहिरोका कारण सो आयोजना पटक पटक बन्द हुँदै आएको छ ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ४६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया