हुम्लाका विद्यालयमा हिउँदे बिदा « Khabarhub

हुम्लाका विद्यालयमा हिउँदे बिदा


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

हुम्ला– चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा दिइएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो ।

जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । बन्द भएका विद्यालय अब आगामी फागुन २ गतेदेखि  मात्रै सञ्चालनमा आउने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख भीमराज खत्रीले बताए ।

नियमानुसार हिमाली जिल्लाका विद्यालयमा हिउँदयाममा अत्यधिक जाडो हुने भएकाले वार्षिक परीक्षा सकेर पुस–माघमा बिदा दिने चलन छ । तर यस वर्ष ढिला गरी शैक्षिकसत्र सुरु भएकाले एक महिनामात्रै बिदा दिइएको उनको भनाइ छ ।

जिल्लाभरि एक सय ५१ विद्यालयमा पठनपाठन बन्द भएको छ । हुम्लामा एक सय ४६ सामुदायिक, एउटा धार्मिक र चार संस्थागत विद्यालय छन् ।

जिल्लाका सात गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १६, सिमकोटमा २३, खार्पुनाथमा १७, सर्केगाडमा ३२, चङ्खेलीमा २२, अदानचुलीमा १९ र ताँजाकोटमा १६ विद्यालय छन् ।

एकाइका निमित्त प्रमुख  खत्रीका अनुसार हिमालपारिको लिमीका दुई सामुदायिक विद्यालय गत कात्तिक अन्तिममै बन्द भएका थिए । हल्जी र जाङ्गगाउँका विद्यालय बन्द भएका हुन् ।

तीन गाउँ रहेको लिमीमा प्रत्येक गाउँमा एक–एक आधारभूत विद्यालय छन् । जिल्लामा यस वर्ष अत्यधिक जाडो बढे पनि हिमपात भने हालसम्म भएको छैन ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ५७ बजे

एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा

काठमाडौँ– टेलिभिजनमा मात्र देखिएका विश्व प्रसिद्ध क्रिकेटरहरुका साथै नेपाली युवाहरुद्वारा

यी हुन् प्रधानमन्त्रीसँग भारत जाने ३५ सदस्य (नामावलीसहित)

काठमाडौं–  प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधि मन्डलसहित भारत प्रस्थान

‘रामायण’को कमाइ १ हजार ६०० करोड पार, विश्व बक्स अफिसमा बनायो यस्तो कीर्तिमान

काठमाडौं– भारतीय पौराणिक कथामा आधारित फिल्म ‘रामायण’ले बक्स अफिसमा आफ्नो

चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्र

जुम्ला– जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत

प्रधानमन्त्रीलगायत भ्रमण टोलीलाई बिदाइ गर्न विमानस्थलमा पुगे मन्त्री श्रेष्ठ  

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह आज पौने २ बजे भारत प्रस्थान