तरुलले भरिएको कालीमाटी (फाेटोफिचर) « Khabarhub

तरुलले भरिएको कालीमाटी (फाेटोफिचर)



काठमाडौं–  सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।

माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु, फुरौला, सेल र तरुल खाएर मनाउने गरिन्छ ।

यति बेला माघे सङ्क्रान्तिका लागि भनेर तरुल लगायतका कन्दमूलको व्यापार सुरु भएको छ । कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले विभिन्न प्रकारका तरुल बिक्री भइरहेका छन् ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरि घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ।

 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरुल  प्रति केजि औषतमा ६५ रुपैयाँ,  पिंडालू मूल्य ७५ रुपैयाँ,  सखरखण्डकाे औषत मूल्य ७५ रुपैयाँ कायम गरेकाे छ ।

 

तस्बिर : सृष्टि बराल 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १ : ०० बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई