‘नेक’बाट चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीहरूको विदाई « Khabarhub

‘नेक’बाट चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीहरूको विदाई


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट इन्जिनियरिङका चार वटा विषयमा स्नातक पुरा गरेका विद्यार्थीहरूलाई बिदाई गरिएको छ । शनिबार कलेजले एक कार्यक्रमका बीच कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्ट, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका विद्यार्थीहरूको बिदाई गरेको हो ।

बिदाई कार्यक्रमका प्रमुख अतिथि नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाहीले व्यवसायिक क्षेत्रमा प्रवेश गर्न तयार नव इन्जिनियरहरुलाई पेशागत मर्यादामा रहेर काम गर्न सुझाब दिए ।

उनले व्यावसायिक जीवनमा प्रवेश गरेपछि प्रत्येक दिन परीक्षा दिइरहनु पर्ने भन्दै इन्जिनियरिङमा अनुभव र सीप नै महत्वपूर्ण भएकोले अरुभन्दा अब्बल हुन अनुशासित, मेहनती बन्न जरुरी रहेको उल्लेख गरे ।

पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन प्राडा राजेश ठकुराठीले उच्च शिक्षा पुरा गरेका विद्यार्थीहरूले प्राप्त गर्ने सफलता नै पोखरा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ कलेजको ब्राण्ड एम्बेसडर रहेको उल्लेख गर्दै विश्वविद्यालय र कलेजको नाम रहने गरी काम गर्न सुझाए ।

कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले कलेजमा ४–५ वर्ष अध्ययन गरेर हासिल गरेको ज्ञान र सीपलाई व्यवसायिक जीवनमा प्रयोग गर्न सुझाउँदै विद्यार्थीले हासिल गर्ने सफलता नै कलेज र संकायहरुको सफलता रहेको बताए ।

बिदाई कार्यक्रममा विद्यार्थीहरूले अध्ययनका क्रममा बिताएका पलहरूको सम्झना गर्दै नेपाल इन्जिनियरिङ कलेजका पूर्णकालीन शिक्षक, मित्रवत व्यवहार गर्ने कर्मचारी, कलेजको ल्याब, पुस्तकालय, रिसर्चका माध्यमहरूका कारण आफूहरू इन्जिनियर बन्न सफल भएको बताए । उनीहरूले कलेजमा हासिल गरेको ज्ञान, सीपलाई व्यवहारमै उतार्ने प्रतिबद्धता जनाउँदै स्वदेशमै रहेर देशको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच कार्यक्रममा ग्रेजुएट विद्यार्थीहरू निलिमा थापा, लक्ष्मी चालिसे, दशुनाथ कंडेल, अनिलकुमार यादवलाई प्रोगाम टपर अवार्ड दिइएको थियो ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १ : १९ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा