यू-१९ विश्वकप : आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी « Khabarhub

यू-१९ विश्वकप : आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसीले यू–१९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ ।

आईसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्तालाई यस विश्वकपमा ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको हो । कप्तान देव र गुलशनले यसअघि नेपाली सिनियर टिममा समेत खेलिसकेका छन् भने अर्जुन र दुर्गेशले यू–१९ तहमा शानदार प्रदर्शन गर्दै आएका छन् ।

विश्वकपअघि नेपालले शनिबार खेलेको वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । वर्षाले प्रभावित खेलमा स्कटल्याण्डलाई नेपालले डिएल मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो । नेपालले त्यसअघि खेलेका दुई अनौपचारिक वार्म अप खेलमा स्कटल्याण्ड र नामिबियालाई पराजित गरेको थियो ।

नेपालले अब दोस्रो वार्मअप खेल मंगलबार वेस्ट इन्डिजसँग खेल्दै छ । जनवरी १९ देखि सुरु हुने यस विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।

यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिम–

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ‘ए’, दिपक बोहरा ‘बी’, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १ : ४१ बजे

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित

एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा

काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका