यू-१९ विश्वकप : आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी « Khabarhub

यू-१९ विश्वकप : आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसीले यू–१९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ ।

आईसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्तालाई यस विश्वकपमा ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको हो । कप्तान देव र गुलशनले यसअघि नेपाली सिनियर टिममा समेत खेलिसकेका छन् भने अर्जुन र दुर्गेशले यू–१९ तहमा शानदार प्रदर्शन गर्दै आएका छन् ।

विश्वकपअघि नेपालले शनिबार खेलेको वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । वर्षाले प्रभावित खेलमा स्कटल्याण्डलाई नेपालले डिएल मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो । नेपालले त्यसअघि खेलेका दुई अनौपचारिक वार्म अप खेलमा स्कटल्याण्ड र नामिबियालाई पराजित गरेको थियो ।

नेपालले अब दोस्रो वार्मअप खेल मंगलबार वेस्ट इन्डिजसँग खेल्दै छ । जनवरी १९ देखि सुरु हुने यस विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।

यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिम–

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ‘ए’, दिपक बोहरा ‘बी’, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १ : ४१ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण