न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास | Khabarhub Khabarhub

न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च हाताभित्र आत्मदाह प्रयास


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालतको हाताभित्रै आत्मदाहको प्रयास गरेकी छिन् । उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

शरीरमा पेट्रोल खन्याउन लाग्दा प्रहरीले उनलाई रोकेको थियो । हाल उनी प्रहरीको नियन्त्रणमा छिन् ।

पत्नी आरतीले न्यायाधीश  गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन् ।

आफूमाथि बैबाहिक बलात्कार गरेको, घरेलु हिंसा गरेको र अदालतको अवहेलना गरेको लगायतको आरोप आरतीले लगाउँदै आएकी छन् । आरतीले न्यायाधीश गिरीविरुद्ध महिला आयोगमा समेत उजुरी दिएको तर न्याय नपाएको गुनासो गर्दै आएकी थिइन् ।

न्यायाधीश भुवन गिरी

न्यायाधीश भुवन गिरीमाथि घरेलु हिंसाको आरोप लागेपछि ०७९ फागुनदेखि उनी जिम्मेवारीविहीन छन् । गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गिरीलाई गत चैत २८ गते काठमाडौंबाट पक्राउ गरी कपिलवस्तु लगेको थियो ।

गिरीलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा मुक्त गरेको थियो ।

आरतीले गत असार ८ गते उनले जिल्ला अदालतको हातामै न्यायाधीश गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन् । वैवाहिक बलात्कार मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि उनले जुत्ता प्रहार गरेकी थिइन् ।

श्रीमानले श्रीमतीमाथि जबरजस्ती करणी गरेमा ३ देखि ५ वर्षसम्म कैद सजाय हुने कानूनमा व्यवस्था छ ।

यो पनि…

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौँ जिल्ला अदालतमा पूर्वन्यायाधीश गिरीमाथि जुत्ता प्रहार

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : १३ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको