मनाइयो छैटौं राष्ट्रिय भाक्का दिवस « Khabarhub

मनाइयो छैटौं राष्ट्रिय भाक्का दिवस


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा छैटौं ‘राष्ट्रिय भाक्का दिवस’ मनाइएको छ । आदिवासी कोच राजवंशी समुदायले पुष २९ गतेलाई भाक्का दिवसका रुपमा मनाउँदै आएका छन् । चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो ।

कोच राजवंशी समुदायको मौलिक परिकारको रुपमा रहेको भाक्काको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष पौष २९ गते यस दिवस मनाउन सुरु गरिएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।

भाक्का दिवसले सामाजिक एकताको सन्देश दिएको र समाजमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालीहरुको साझा परिकारको रुपमा चिनाउनुपर्ने राजवंशी समुदायका अग्रज पवन राजवंशीले बताए ।

राजवंशी समाज विकास समितिको आयोजनामा भएको राष्ट्रिय भाक्का दिवसमा राजवंशी समुदायले प्रयोग गर्ने भेषभुषा, गरगहना, परम्परागत सांस्कृतिक सामाग्रीहरुको प्रर्दशन साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय भक्का दिवसका अवसरमा भद्रपुर, कचनकवल र हल्दीबारी गाउँपालिकाले स्थानियस्तरमा सार्वजनिक बिदा समेत दिएको छ । पूर्वी तराई र विषेश गरि झापा, मोरङ, सुनसरीमा प्रचलित भएपनि अहिले काठमाडौँलगायत देशका विभिन्न स्थानमा पनि भक्काको लोकप्रियता बढ्दै गएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : ३८ बजे

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी