बागमतीका अर्थमन्त्री लामाद्वारा वैतेश्वर गाउँपालिकाको स्थलगत भ्रमण | Khabarhub Khabarhub

बागमतीका अर्थमन्त्री लामाद्वारा वैतेश्वर गाउँपालिकाको स्थलगत भ्रमण


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोलखा– बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आइतबार दोलखाको वैतेश्वर गाउँपालिकाको स्थलगत अनुगमन तथा भ्रमण गरेका छन् ।

केही दिनअघि उत्कृष्ट पालिका र जनप्रतिनिधिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालिका अध्यक्ष छवि लामालाई सम्मान गरेको दोस्रो साता प्रदेश सरकारका अर्थमन्त्री लामाले स्थानीय विकास तथा प्रशासनिक कार्यालयको स्थलगत अवलोकन भ्रमण गरेका हुन् ।

मन्त्री लामालाई गाउँपालिका अध्यक्ष छवि लामाले प्रदेश सरकारले हालसम्म वैतेश्वरको विकासमा चासो नदिएको गुनासो गरेका छन् । अध्यक्ष लामाले बागमती प्रदेश सरकारले स्थानीय सरकारको विकासमा योजना बनाउन नसकेको समेत बताए ।

उनले स्थानीय सरकारको १२/१५ करोडको बजेटले भए पनि एक वडा-एक पक्की सडक निर्माण गर्न थालिएको हुँदा प्रदेश सरकारले पनि सहयोग गरे चाडै अभियान पुरा गर्न सक्ने भन्दै मन्त्री लामालाई गाउँपालिकामा देखिने खालको काम गरिदिन अनुरोध गरेका छन् ।

जवाफमा मन्त्री लामाले यस वर्ष धेरै टुक्रे योजना आएको कारण ठूला योजना ओझेलमा परेको बताए।उनले आगामी वर्षको बजेटमा कम्तीमा एउटा भए पनि वैतेश्वर गाउँपालिकामा बहुवर्षिय योजना सुरु गर्ने बताए।

साथै उनले वैतेश्वर गाउँपालिका साँच्चै जिल्लामै उत्कृष्ट पालिकाको छवि बनाउन सफल भएको भन्दै पालिका अध्यक्ष लामालाई धन्यवाद दिए।
उनले समय व्यस्तताको कारण छोटो समय लिएर दोलखा आएकाले पुनः अर्को पटक सिङ्गो वैतेश्वरको अवलोकन गर्ने गरी आउने बताए।

मन्त्री लामा नेपाली कांग्रेस प्रदेश क,दोलखाले जिरीमा स्वर्गीय नेता हेमन्त प्रधानको २२औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको  हेमन्त प्रधान भलिबल प्रतियोगिताको समापन गर्ने दोलखा आएका हुन् ।

सुबास बस्नेत 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : १३ बजे

बंगलादेश र भारतबीच रेल कनेक्टिभिटी, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि सम्झौता

काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दुई दिने भ्रमणका लागि भारत

स्वाभिमानी नेता र कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्छन् 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले श्रमप्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वाभिमानी

इजरायली आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु, ५० घाइते

एजेन्सी – गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित

उपप्रधानमन्त्री महासेठले गरे मुग्लिन–पोखरा सडक अनुगमन

दमौली– उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन

सवारी दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर