तत्काल औषधि उत्पादन थाल्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

तत्काल औषधि उत्पादन थाल्न प्रधानमन्त्रीको निर्देशन


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् । नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई आज आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तत्काल उत्पादन थाल्न निर्देशन दिएका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो समय त्यसमा अवरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिए । प्रधानमन्त्रीले भने, “विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो, बीचमा चाहिँ तलमाथि भएको मैले बुझेँ । औषधि उत्पादनको कामलाई नयाँ ढङ्गले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ । तपाईहरू काम सुरू गर्नुस् सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यसका निम्ति म तयार छु ।”

प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्नेमा जोड दिए । उनले भने, “देश आत्मनिर्भर बन्ने आशालाग्दो एउटा  क्षेत्र यो पनि हो । सबै कुरा एकैपटक नहोला । तपाईहरू काम सुरू गर्नुस् । म पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु । यस क्षेत्रमा जनतालाई महसुस हुनेगरी काम गरौँ ।”

औषधि लिमिटेडका अध्यक्ष न्यौपानेले हाल १० प्रकारका औषधिहरू उत्पादन भइरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य जारी रहेको जानकारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अध्यक्ष न्यौपानेले औषधि लिमिटेडले भुक्तानी गर्नुपर्ने विगतको दायित्वका कारण काम प्रभावकारी हुन नसकेको बताउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर वृद्धि र केही नयाँ मेसिन खरिद गरी उत्पादनलाई व्यवस्थित तुल्याइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : ४५ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन