अन्त्यमा एक्लै थिइन् बलिउडकी ‘आमा’ दुर्गा « Khabarhub

अन्त्यमा एक्लै थिइन् बलिउडकी ‘आमा’ दुर्गा


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले बलिउड नायिका बन्न जुनसुकै परिवारले पनि साथ दिन्छ । बलिउडमा राज परिवारदेखि सामान्य परिवारबाट आएका नायिकाहरु छन् । तर, भारतमा सुरुवाती समयमा फिल्ममा काम गर्नेलाई समाजमा नराम्रो पात्रका रुपमा चित्रण गरिन्थ्यो । त्यसबेला प्रतिष्ठित परिवारका छोरी–बुहारीले फिल्ममा काम गर्दैनन् भन्ने मान्यता थियो ।

यही मान्यता तोडेका कारण मृत्यु भएको ३२ वर्षपछि पनि दुर्गा खोटेको सम्झना गरिन्छ । उनलाई बलिउडमा ‘आमा’ को रुपमा चित्रण गरिन्छ । फिल्ममा महिलालाई काम गर्न प्रेरित र धेरै आमाको भूमिका निर्वाह गरेका कारण उनलाई यो उपमा दिइएको हो ।

पतिको निधनले फिल्ममा

सन् १९०५ जनवरीमा हिन्दू परिवारमा जन्मिएकी दुर्गाको १८ वर्षको उमेर विवाह भएको थियो । विवाहको केही वर्षमै उनका श्रीमानको निधन भयो । यससँगै दुई छोराको पालनपोषणको जिम्मेवारी उनैमा आइपर्‍यो । उनी आर्थिक संकटको शिकार भइन् र पैसाका लागि फिल्ममा काम गर्ने निर्णयमा पुगिन् ।

दुर्गा फिल्ममा काम आउँदा पूरा समाज उनका विरुद्धमा थियो । उनी मुम्बईको प्रतिष्ठित परिवारमा जन्मिएकी थिइन् । छोरीले फिल्ममा काम गर्दा प्रतिष्ठामा असर पर्ने भन्दै परिवार पनि उनको निर्णयमा सहमत थिएन । तर, दुर्गा आफ्नो निर्णयबाट डगमगाइनन् ।

विद्रोह गरेर सिनेमा क्षेत्रमा प्रवेश गरेकी उनले पहिलो फिल्म प्रदर्शनमा आएपछि फेरि आलोचना खेप्नुपर्‍यो । ‘फरेबी जाल’ उनले खेलेको पहिलो फिल्म हो । सो फिल्ममा उनको स्क्रिन टाइम १० मिनेट मात्रै थियो । तर उनले निर्वाह गरेको भूमिकालाई लिएर आलोचना समेत भएको थियो ।

अन्त्यमा एक्लै दुर्गा

विद्रोह गरी फिल्ममा आएर धेरै अभिनेतृका लागि प्रेरणा बनेकी दुर्गाको व्यक्तिगत जीवन उत्तार–चढावमै बित्यो । बिहेको केही वर्षमा नै श्रीमानसँग छुटिनुपर्‍यो । पुरुषवादी समाजमा विद्रोह गर्न उनले परिवारको समेत साथ पाइनन् ।

त्यस्तै, साहारा बनेका एक छोरालाई पनि उनले अल्पआयुमै गुमाइन् । ४० वर्षीया कान्छो छोराको निधनले उनी ठूलो पीडाबाट गुज्रनु परेको थियो ।

आज जन्मदिन

दुर्गा फिल्म क्षेत्रमा सन् १९३१–१९८३ सम्म सक्रिय रहिन् ।

यस दौरान उनले दुई सयभन्दा बढी फिल्ममा अभिनय गरिन् । जसमा उनले बढी आमाको भूमिका निर्वाह गरिन् । पछि उनले फिल्म निर्माणमा पनि हात हालिन् ।

जनवरी १४ उनको जन्म दिन हो । उनले फिल्म क्षेत्रमा गरेको विद्रोहका कारण उनलाई सम्झने गरिन्छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : २८ बजे

राष्ट्रियसभा : सीमा विवाददेखि स्वास्थ्य क्षेत्रको विषय उठान

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्वास्थ्य क्षेत्रको सुदृढीकरणदेखि सीमा विवादसम्म

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी– बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै पुगेर

रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन

काठमाडौं– सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद,

रास्वपा सांसदहरूका कुरा सुन्दै रवि लामिछाने (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग सभापति रवि लामिछानेले एक्लै छलफल

वैशाखमा पक्राउ परे एक हजार बढी लागूऔषध कारोबारी

काठमाडौं– वैशाख महिनामा देशभरबाट एक हजार ५६ जना लागूऔषध कारोबारमा