कर्णालीको विजयी सुरुवात, गण्डकीको दोस्रो हार « Khabarhub

कर्णालीको विजयी सुरुवात, गण्डकीको दोस्रो हार


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

रुपन्देही –  गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

भैरहवाको सिद्धार्थ रंगशालामा गण्डकीले दिएको १२३ नरको लक्ष्य पछ्याएको कर्णालीले ३३ ओभर २ बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
कर्णालीका लागि हिमान्सु शाहीले ५३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै निश्चल रावलले २९ रन बनाउँदा कप्तान रविन्द्र शाहीले २० रन बनाए ।

गण्डकीका लागि अंकित न्यौपानेले दुई विकेट लिए । त्यस्तै विपिन खत्रीले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । गण्डकीका लागि अम्रित गुरुङ र कमल परियारले समान २१-२१ रन बनाए ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दिपेन्द्र शाहीले दुई–दुई विकेट लिए । त्यस्तै प्रकाश जैसी, दिवन पुन र रविन्द्र शाहीले एक–एक विकेट लिए ।

गण्डकीको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा गण्डकी प्रदेश लुम्बिनीसँग चार विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : १० बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने